स्थानीयसँगै पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा पानी पर्ने
नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ। स्थानीय वायु सँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले आइतबार दिउँसो बागमती र प्रदेश १ का पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आइतबार राति पनि ती प्रदेशमा हल्का वर्षाको आँकलन गरिएको छ। सोमबार पहाडी भूभागका एक, दुई स्थानमा मेघ गर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको भनिएको छ। तर, प्रदेश छुट्याइएको छैन।
प्रतिक्रिया