५१ अंकले घट्यो नेप्से

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ५१.२३ अंकले घटेको छ। चैत महिनाको पहिलो कारोबारको दिन नै कारोबार घटेर २ हजार ४ सय ७ अंकमा पुगेको हो। नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूहको सूचकांक घटेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलब १० अंकले घट्दै ४३५.१३ अंकमा खुम्चिएको छ। आइतबार दिनभर ६० हजार ९ सय ७३ कारोबारबाट २११ कम्पनीका ९९ लाख ३ हजार ७०४ कित्ता सेयर किनबेच भएका छन् । ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँको मात्रै कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया