निजी क्षेत्रलाई कोभिडविरुद्धको खोप ल्याउन खुला, १० प्रतिशत नाफा लिन पाइने

सरकारले निजी क्षेत्रलाई कोभिड-१९ विरुद्धको खोप आयात गर्न दिने भएको छ। स्वास्थ्य सेवा विभागले एक सार्वजनिक सूचना जारी गरी खोप ल्याउन इच्छुक आयातकर्तालाई सात दिनभित्र आवेदन पेश गर्न भनेको छ। खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धीत मुलुकको कर, सेवा शूल्कसमेत गरी बढीमा १० प्रतिशत मुनाफा कायम गर्न पाइने भइको छ। सूचनामा भनिएको छ, ‘खोप आपूर्ति गर्न सकिने परिणाम र सोका लागि लाग्ने समयको प्रक्षेपणसमेत उल्लेख गरी दर्तारआयात अनुमतिका लागि शीघ्र आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
प्रतिक्रिया