गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार, दीपक मनाङे खेलकुद मन्त्रीमा नियुक्त
काठमाडौं । अविश्वासको प्रस्ताव झेलिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् । मनाङ (ख) बाट निर्वाचित दीपक मनाङे भनेर चिनिने स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् । केहीबेरमा उनको सपथग्रहण हुने बताइएको छ । २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवारी दिए पनि तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितको हुन् । निर्वाचित भए पनि अरु प्रदेशसभा सांसदले सँगै उनले सपथ लिन पाएका थिएनन् । बरु प्रहरीले उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख ६ गते पक्रेको थियो । १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका हुन् । मनाङे पनि बुधबार अविश्वास प्रस्तावमाथि छलफल चल्दै गर्दा सम्पर्कविहीन भएका थिए ।
ताजा अपडेट
-
पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री यादव
-
सुदूरपश्चिममा ठूला योजना बजेटको पर्खाइमा
-
जंगलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध
-
‘साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेका छौं’
-
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय किन कार्यान्वयन भएन ?
प्रतिक्रिया