काठमाडौंका यी १९ अस्पतालमा लगाइन्छ ‘बुस्टरडोज’

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि सरकारले बुस्टरडोज खोप लगाउन सुरु गरेको छ । तत्कालका लागि अग्रपंक्तिमा (फन्टलाइनर ) काम गर्नेहरूलाई बुस्टरको मात्रा दिइनेछ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १९ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि कोरोनाविरुद्धको पूर्णडोज खोप लगाइसकेकालाई पनि ओमिक्रोन संक्रमण र संक्रमणका कारण बुस्टरडोज खोप दिन लागिएको हो । कहाँ–कहाँ लगाउन सकिन्छ ? १. वीरेन्द्र सैनिक अस्पताल २. नेपाल प्रहरी अस्पताल ३. सशस्त्र प्रहरी अस्पताल ४. त्रिवि शिक्षण अस्पताल ५. वीर अस्पताल ६. शुक्रराज सरुवारोग अस्पताल ७. परोपकार प्रसुति गृह ८. निजामती कर्मचारी अस्पताल ९. सुभेक्षा अस्पताल, सीतापाइला १०. पिपुल्स डेन्टल अस्पताल, सामाखुसी ११. जनमैत्री अस्पताल, बालाजु १२. ग्रान्डी अस्पताल, धापासी १३. काठमाडौं मोडेल अस्पताल १४. नर्भिक अस्पताल, थापाथली १५. नोबेल अस्पताल, सिनामंगल १६. बयोधा अस्पताल, बल्खु १७. सहिद स्मृत्ति अस्पताल, कलंकी १८. नयाँ बसपार्क, गोंगबु १९. एपेक्स पोलिक्लिनिक, जडिबुटी ।
प्रतिक्रिया