सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन यही ३१ तारिखमा

विशाल श्रेष्ठ (दक्षिण कोरिया) – सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन जनवरी ३१ तारिख सोमबार हुने भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै अपधवेशन जुम अनलाइनमार्फत हुने भएको हो । ‘आपसी सहयोग , सद्भाव र सदाचार सिन्धुपाल्चोकवासी मिलनको आधार’ नारा लिएर सात वर्ष अघि कोरियामा रहेका सिन्धुपाल्चोकबासी द्वारा स्थापना गरेको सँस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ। समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिविधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै आएको । त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ। चौथो अधिवेशनको लागि संस्थागत गतिविधि पूरा भइसकेको सिन्धुपाल्चोक समाजका सचिव उत्सव खड्काले जानकारी गराएका छन् । साथै पदाधिकारी चयनको प्रक्रिया पनि अघि बढिसकेको सल्लाहकार सन्जिब भण्डारीले बताए। विभिन्न पेसामा आवद्ध सिन्धुपाल्चोकबासी, कोरियामा रहेका बुद्धीजिवी, समाजसेवी, व्यवसायी, विद्यार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुलाई उपस्थितीका लागि समाजका नबिन श्रेष्ठले अनुरोध गरेका छन्।
प्रतिक्रिया