डिशहोममार्फत अब विश्वभरबाट ‘सर्ट मुभी’ हेर्न सकिने
काठमाडौं । डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टिभी शुभारम्भ गरेका हुन् । डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्ट टिभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए । उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए । पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुसी पार्न लागेको हो । डिशहोमको च्यानल नं. ९२८ मा सर्ट मुभी हेर्न सकिने छ । यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि भारतीय, टर्किस, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ । अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट मुभी पुर्याउनसमेत सहयोग पुग्ने आशा गरिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया