सर्लाहीमा बस दुर्घटना, १७ घाइते
सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मंगलबार दिउँसो यात्रु बस पल्टिएको छ । बस पल्टिँदा १७ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना.५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक यात्रुबस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस पूर्व–पश्चिम राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ । बसमा यात्रारत १७ जना घाईते भएको र जसमध्ये एकजना गम्भिर रहेको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईतेहरुको हरिवन स्थित नमूना अस्पताललगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईतेहरुको अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया