आकाशमै ढोका खुलेको गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न समिति गठन
काठमाडौं । गत २ माघमा काठमाडौंबाट पोखरा उड्दै गरेको गुण एयरलाइन्सको जहाजमा आकाशमै ढोका खुलेको विषयबारे छानबिन हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा आज चार सदस्यीय समिति गठन गरेको हो । समितिलाई तीन दिन भित्रमा प्रतिवेदन पेश गर्न सुझाइएको छ । समितिमा वरिष्ठ क्याप्टेन निरौलासँगै मन्त्रालयका इलेक्ट्रिकल इन्जिनियर नसिब आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु सावित्री श्रेष्ठ र प्राधिकरणका एरोनटिकल इन्जिनियर रितेशराज पन्त छन् । आइतबार घटेकोजस्तो घटना भविष्यमा पुनः दोहोरिन नदिन छानबिन हुन लागेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया