सर्लाहीमा एमालेको जिल्ला अधिवेशन स्थगित

सर्लाही । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को सर्लाही जिल्ला कमिटीको आठौँ अधिवेशन स्थगित गरिएको छ । माघ ७ गते सदरमुकाम मलंगवामा नेकपा एमालेको जिल्ला कमिटी अधिवेशन तय गरिएको थियो । एमालेको जिल्ला कमिटीको अधिवेशन बर्तमान समयमा असहज भएको हुदाँ अर्को सूचना प्रेषित नहुन्जेलसम्मका लागि अधिवेशन अस्थगित गरिएको एमालेको जिल्ला अध्यक्ष राजनाराण साहले बताए । एमाले केन्द्रिय कार्यालय र मधेश प्रदेशका पदाधिकारीहरूको बैठकको निर्णय अनुसार कोभिड –१९ को बढदो संक्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसंगठनहरुका २५ जनाभन्दा बढी सहभागिता रहने गरी कुनै पनि प्रकारका सार्वजनिक कार्यक्रमहरु हाललाई स्थगित गर्ने निर्णय गरेपछि जिल्ला कमिटीको अधिवेशन स्थगित गरिएको अध्यक्ष साहले जानकारी दिए ।
प्रतिक्रिया