नेपालमा कोरोना संक्रमण हालसम्मकै उच्च, आज एकैदिन ११ हजार ३५२ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । जुन संख्या हालसम्मकै धेरै पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले जनाएको छ। हिजो १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजोको तुलनामा आज एक हजार ९४ जना बढीमा कोरोना संक्रमण देखिएको हो । आज नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता अधिकारीले यो कुराको जानकारी दिएका हुन् । २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
प्रतिक्रिया