अब आन्तरिक हवाइ उडानमा पनि खोप कार्ड अनिवार्य

काठमाडौं । कोरोना भाइरसको बढ्दो प्रकोपका बीच वायुसेवा सञ्चालक संघ नेपालले आन्तरिक हवाइ उडानमा नयाँ मापदण्ड जारी गरेको छ । आज बसेको संघको कार्यसमितिको बैठकले हवाइ यात्रामा सुरक्षा अपनाउनका लागि अब खोप कार्ड अनिवार्य गरेको हो । अब आन्तरिक रूपमा हवाइ सेवा लिने यात्रुहरूले पनि विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि) देखाउनुपर्ने छ । त्यस्तै, हवाइजहाजभित्र स्यानिटाइजरको व्यवस्था र प्रत्येक उडानपछि जहाज र ब्यागेज निसंक्रमित गर्ने कार्यलाई पनि अनिवार्य गरिएको छ । साथै, चेक–इन, बोडिङ, ब्यागेज क्लेम गर्ने स्थानन तथा प्रतीक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाइएको छ ।
प्रतिक्रिया