कीर्तिपुरमा एमाले पराजित, नकर्मी बने मेयर

काठमाडौं । नेकपा एमालेले काठमाडौंको कीर्तिपुर नगरपालिका गुमाएको छ । अघिल्लो पटक त्यहाँ मेयर जितेको एमालेबाट उक्त नगरपालिका खोस्न कांग्रेस सफल भएको छ ।
कांग्रेसका रत्नेश्वर बज्राचार्यलाई साढे चार हजार मतान्तरमा पराजित गर्दै त्यहाँ कांग्रेसका राजकुमार नकर्मी विजयी भएका हुन् ।
नकर्मीले ९ हजार ४३ मतका साथ जित निकाल्दा बज्राचार्य ५ हजार ५०७ मतमा रोकिए ।
योसँगै उपत्यकामा कांग्रेसले जितेको नगरपालिकाको संख्या दुई पुगेको छ । यसअघि कांग्रेसले काठमाडौंको दक्षिणकाली नगरपालिकामा पनि जित निकालेको थियो ।
उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। ८ हजार ८६५ मत पाएकी शाक्य जित निकाल्दा एमालेकी बिन्दु मर्हजन स्तब्ध बनिन् । महर्जनले ७ हजार २०६ मत पाइन् ।
प्रतिक्रिया