चुनावमा सुरक्षाकर्मी परिचालन : कसको जिम्मेवारी के ?

गृह मन्त्रालयले अगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि ‘विशेष सुरक्षा योजना’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार बसेको बैठकले सुरक्षा योजना पारित गरेको हो ।
सुरक्षा योजनाअनुसार विगतझैँ यसपटक पनि निर्वाचन सुरक्षाका लागि तीनघेरे सुरक्षा रणनीति पास गरिएको छ । जसअनुसार पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाका सुरक्षाकर्मी निर्वाचन अवधिभर खटिनेछन् ।
नेपाली सेना
खटिन सक्ने संख्या – ७४ हजार
- मतपेटिका छपाइस्थलको सुरक्षा
- मतपत्र र मतपेटिका ढुवानी
- जिल्ला–जिल्ला निर्वाचन सुरक्षा कार्यालयको सुरक्षा
- सबै कारागारको सुरक्षा
- भिभिआइपी तथा भिआइपी र उनीहरूको निवास सुरक्षा
- सबै सामरिक महत्वका क्षेत्रहरूको सुरक्षा
- देशैभर स्ट्यान्डबाई रहने
- आवश्यक पर्दा जुनसुकै वेला खटिन सक्ने
सशस्त्र प्रहरी
खटिन सक्ने संख्या – ३५ हजार
- जिल्ला निर्वाचन कार्यालयको सुरक्षा
- जिल्ला निर्वाचन अधिकृतको सुरक्षा
- निर्वाचनपछि विजयी उम्मेदवारको सुरक्षा
- मतपेटका ढुवानी र मतपेटिकाको सुरक्षा
- आवश्यकताअनुसार मोबाइल तथा ‘स्ट्राइकिङ’ गस्ती
- आवश्यक पर्दा जुनसुकै समयमा खटिन सक्ने
नेपाल प्रहरी
खटिन सक्ने संख्या – ७१ हजार ६ सय ९३
- मतदान केन्द्रको सुरक्षा
- मतदानस्थलमा मतपेटिको सुरक्षा
- निर्वाचनका लागि मतदानस्थलमा खटिएका कर्मचारीको सुरक्षा
- मतदान केन्द्रमा लाइनको व्यवस्थापन गर्ने
- उम्मेदवारको सुरक्षा
म्यादी प्रहरी
खटिने संख्या – एक लाख १५ हजार
- मतदान केन्द्र स्थापनामा सघाउने
- मतदाताको लाइन मिलाउने
- मतदान केन्द्रमा अनधिकृत व्यक्तिको प्रवेशलाई रोक्ने
नयाँ पत्रिका दैनिकबाट
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया