बागबजारमा घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ ।
बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए ।
घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
ताजा अपडेट
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण
-
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
-
निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड
-
ब्रिटिस काउन्सिलको ‘कनेक्सन थ्रु कल्चर’ अनुदान २०२५ का लागि आवेदन आव्हान
प्रतिक्रिया