रौतहटमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

काठमाडौं । रौतहटमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गएराति सदरमुकाम गौर नगरपालिका १ स्थित माइस्थान चोकमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीमा मोहम्मद इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षीय छोरा इमरान मंसुरी र ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको छ । सुतिरहेका बेला उनीहरूमा जलेको बताइएको छ ।
घटनामा तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार, विद्युत् सर्ट भएर कपास गोदाममा आगो लागेकोमा पछि नजिकै रहेको मोटरसाइकल गोदामसम्म त्यो फैलिएको थियो ।
आगो गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया