NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

नुवाकोटका तीन पत्रकारलाई पुरस्कृत गरिने

नुवाकोट ।  नेपाल पत्रकार महासङ्घ नुवाकोटले जिल्लाका तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

मङ्सिर २६ गते सोमवार महासङ्घको ११ औँ वार्षिक साधारण सभाको अवसरमा पत्रकार दिनेश दिनेश आचार्य, राजकृष्ण श्रेष्ठ, श्रीराम अधिकारी र सङ्गीता पनेरुलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएको पत्रकार महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।

शेयर बजार साप्ताहिकका सम्पादक रहेका पत्रकार आचार्यलाई दीर्घ सेवा सम्मान प्रदान गरिनेछ ।

श्रेष्ठलाई स्व. मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७९, अधिकारीलाई स्व.रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७९ र पनेरुलाई महिला पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिने महासङ्घ नुवाकोटका सचिव जगदीश खनालले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष