NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बजारमा पाइनेजस्तै एलोभेरा जेल घरमै यसरी तयार गर्नुहोस्

एलोभेरा हाम्रो छाला स्वस्थ राख्नको लागि सबैभन्दा राम्रो बिरुवा मानिन्छ । विशेष गरेर एक्जिमा, सनबर्न र स्किनसँग सम्बन्धित धेरै समस्याहरुको लागि अति उपयुक्त मानिन्छ । तपाईं यसको जेल घरमा नै बनाउँन सक्नुहुन्छ । एलाभेरा एक उपयोगी बिरुवा हो जुन आजकल घरघरमैं पाइन्छ । यसको पात मोस्चराइजिङ गुणले भरिपूर्ण हुन्छ । यो छालाको लागि मात्र नभएर हाम्रो कपालको लागि पनि अति उपयोगी र धेरै फाइदाजनक मानिन्छ । आजकल मानिसहरु बजारमा किन्न पाइने एलोभेरा जेल किनेर अनुहारमा लगाउने गर्दछन् । तर बजारमा पाइने एलोभेरा जेलमा हानिकारक कलर केमिकल हुन्छन् । जसले खतरा उत्पन्न गर्न सक्छन् । तर तपाईं यदि तपाई चाहनुहुन्छ भने आफैंले घरमानै एलोभेरा जेल बनाउँन सक्नुहुन्छ । यदि तपाईंको घरमा एलोभेराको बिरुवा छ भने यसको जेल निकालेर आफ्नो लागि जेल बनाउँन सक्नुहुन्छ । यसको लागि तपाईंलाई कति पनि मेहनत गर्नुपर्ने छैन । घरमा कसरी बनाउँने इलोभेरा जेलसामग्रीहरु१. एलाभेराको पात२. चक्कु३. सानो चम्चा४. ब्लैंडर५. एक एयर टाइट कन्टेनर बनाउने तरिका१. सबै सामग्रीहरुलाई जम्मा गर्नुहोस् । जेल बनाउँनको लागि लगभग ३० मिनेटको आवश्यकता हुन्छ । एलोभेराको बोटबाट सबैभन्दा मोटो पत्ता टिप्नुहोस् किनकी यसमा सक्रिय तत्व अधिक मात्रामा हुन्छ ।२. अब चक्कु वा पेपर कटरको मद्दतले पातको छेउबाट काट्नुहोस् र फेरि यसलाई बीचबाट क्युब्समा काट्नुहोस् ।३. यसबाट निस्कने जेललाई चम्चाको मद्दतले एक कचौरामा निकाल्नुहोस् ।४. अब, ब्लैण्डरमा जेल हाल्नुहोस । यो राम्रोसँग लेदो नभएसम्म ब्लैण्ड गर्नुहोस्५. तपाईंको जेल तयार भयो । अब यसमा भिटामिन सी र ई क्याप्सुल मिलाउनुहोस् । यी दुईण एंटी–एजिङ र एन्टी अक्सिडेन्ट गुण हुन्छ । कति दिनसम्म प्रयोग गर्न सक्नुहुन्छ ? विना प्रिज्वेटिव यो जेल लामो समयसम्म प्रयोग गर्न अलि मिल्दैन । यसैले यसको जम्मा एक वा दुई वटा पातको मात्र बनाउनुहोस् । यसलाई अलि समयसम्म चलाउँनको लागि यसमा भिटामिन सी और इ क्याप्सुल मिलाउनुहोस् ।ताजा एलोभेरा जेलको उपयोग कसरी गर्ने१. तपाईं आफ्नो छालामा सिधै एलाभेरा जेलको उपयोग गर्न सक्नुहुन्छ । यदि चाहनुहुन्छ भने कुनै स्मुद ड्रिङकमा मिलाएर यसको फाइदा उठाउन सक्नुहुन्छ ।२. एलोभेरा जेल सनबर्न, सानोतिनो चोट या एलर्जी आदिको समस्या भएमा पनि लगाउन सकिन्छ ।३. यसमा धेरै मात्रामा भिटामिन र मिनरल पाइन्छ । जुन घाउ भर्न र छालालाई सुन्दर र स्वस्थ बनाउँन मद्दत गर्दछ । एलोभेरा जेल कसले प्रयोग गर्नुहुँदैनगर्भवती र स्तनपान गराउँने महिलाले अनि १२ वर्ष भन्दा कम उमेरका बच्चाले एलोभेरा जेल सकेसम्म प्रयोग गर्नुहुँदैन । यसले तपाईंको शरीरमा कस्तो प्रतिक्रिया देखाइको छ यस कुरालाई पनि ध्यान दिनु आवश्यक हुन्छ । यदि यसको प्रयोग पश्चात तपाईंलाई चिलाउने, जलन हुने जस्ता समस्या देखिएमा लगाउन बन्द गर्नुपर्दछ ।