कोरोनाले थप १८ को मृत्यु, ३५ बढी संक्रमित
काठमाडौं । कोरोना महामारीका कारण मंगलबार देशभर तीन हजार पाँच सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु हुँदा साढे तीन हजार संक्रमित थपिएकाे जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले दिए । नेपालमा अहिलेसम्म ६ सय ६३ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । पछिल्ला केही दिनयता संक्रमितको संख्या दुई देखि पाँच हजारका दरले बढ्दै आएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको छ । मंगलबार एक हजार पाँच सय तीन जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ७८ हजार सात सय ८९ जना संक्रमणमुक्त भइसकेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित विफ्रिङ गर्दै विभिन्न अस्पताल र होम आइसोलेसन गरी ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया