NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मन्त्रिमण्डल पुनर्गठन : को थपिए, को फेरिए

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै रक्षा मन्त्री ईश्वर पोखरेललाई मन्त्रिपरिषद् कार्यालयमा तानेका छन् । अर्का विश्वासपात्र विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । युवराज खतिवडाको राजीनामापछि प्रधानमन्त्री ओलीले नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । रक्षा मन्त्रालय भने ओलीले आफैंसँग राखेका छन् । यस अघि महिला बालबालिका मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । लिलानाथ श्रेष्ठलाई महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष