सरकारले कोरोनाको उपचार गर्दैनौ भनेपछि गगन थापाको अनौठो व्यंग्य

नेपालवाच । सरकारले कोरोनाका बिरामीको उपचार गर्न नसक्ने भनेपछि चौतर्फी आलोचना हुन थालेको छ । महामारीको यो बेलामा नागरिकप्रति उत्तरदायी हुनुपर्ने सरकारले लाचारी देखाउँदै सामान्य टेस्ट र उपचार पनि गर्न नसक्ने भनेपछि सर्वत्र आलोचनाको स्वर सुनिएको छ । सत्तारुढ दल नेकपाभित्रबाट मात्रै होइन प्रतिपक्षी नेताहरुसमेत विरोधमा उत्रिएका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्न भनेपछि कांग्रेस युवा नेता गगन थापाले सामाजिक संजालमा सरकारलाई व्यंग्य गरेका छन् । ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय “कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु ! यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् “सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अव उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’ थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया