संकटकाल र कर्फ्युको हल्लापछि गृह मन्त्रालयले निकालेको सूचनामा के छ ?
नेपालवाच । पछिल्लो केही दिनयतादेखि कोरोनाको महामारी बढ्दै गएपछि जनमानसमा राज्यले कर्फ्यु नै लगाउने छ भन्ने हल्ला व्याप्त थियो । तर, पछिल्लो दुई हप्तायता दिनकै दुई तीन हजारका दरले कोरोना संक्रमितको संख्या बढे पनि सरकारले न लकडाउन गरेकाे छ न कर्फ्यु नै लगाएको छ । तर पछिल्लो आइतबार र सोमबार सामाजिक संजालदेखि मोबाइलफोन प्रयोगकर्ताहरुबीच राज्यले संकटकाल र कर्फ्यु लगाउँदैछ भन्ने हल्ला अर्कै विषयमा चल्याे । हल्ला चलेपछि गृह मन्त्रालयले विज्ञप्ति नै निकालेको छ । सामाजिक संजालदेखि मोबाइलमा नेपाल र भारतसीमा सुरक्षा खतरा आउन सक्ने भन्दै सुरक्षा खतराको निगरानी भएका आशयको विषय चर्चामा आएको थियो । मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ–आज २०७७ कार्तिक ३ गते मोबाइल, सामाजिक संजाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडी संकटकाल कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित गरेको पाइएकोले यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ । गृह मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको व्यहोरासमेत जानकारीको लागि अनुरोध छ ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया