कर्णाली प्रदेश विवाद : नेकपाका दुई पाइलटका दुई प्रेस नाेट

नेपालवाच । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अघि बढेको अविश्वास प्रस्तावलाई लिएर माउ पार्टी नेकपा केन्द्रमा समेत विवाद बढ्दै गएको छ । कर्णालीको विषयलाई लिएर दुई अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल भयो । विवादका विषयमा बालुवाटारमा दुवैबीच छलफल भयाे तर, दुवैका तर्फबाट एउटै प्रेस नोट आएन । ओलीको नोट कर्णालीको विवाद केन्द्रले नै मिलाएको भन्ने छ । तर, प्रचण्डको नोटमा प्रदेशमा देखिएको विवाद प्रदेश सरकार र प्रदेश कमिटीले नै मिलाउने उल्लेख छ । प्रधानमन्त्रीसमेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पहिले चार बुँदे प्रेस नोट सार्वजनिक गरे । जसमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुवाबजंग शाहलाई शाहीले गरेको हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गर्ने, शाहीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने र समझदारीमा अघि बढ्ने उल्लेख छ । तर, प्रचण्डका प्रेस संयोजकले जारी गरेको विज्ञप्तिमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको र यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिएको छ । यस्तो दुवैको प्रेस नोट थापाको प्रेस नोट सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु – १. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने । २. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने । ३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र, ४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु । सूर्य थापा, प्रेस सल्लाहकार४ कात्तिक २०७७ अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटोको प्रेस नोट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो । उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ । बिष्णुप्रसाद सापकोटा ‘जुगल’प्रेस संयोजकअध्यक्ष प्रचण्डका निजी सचिवालय
प्रतिक्रिया