नकारात्मक कोणबाटै सकारात्मक सन्देश दिइएको भिडियो समाजिक सञ्जालमा भाइरल

यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । ‘नेपाल भ्रमण गर्न नहुने ७ कारण’ शिर्षकको उक्त भिडियो दर्शकमाझ लोकप्रिय भएको छ । उद्यमी तथा ‘मोटिभेसनल स्पिकर’ समेत रहेकी भारतकी मानसा अग्रवालले नेपाल भ्रमण गर्न नहुने सात कारणलाई नकारात्मक धार समातेर सकारात्मक रूपमा पेश गरेकी छिन् । दर्शकहरूले यतिबेला उनको रचनात्मक शैलीको प्रस्तुतीको भरपूर प्रशंसा गरेका छन् । १६ अक्टोबरमा मानसीले उक्त भिडियो आफ्नो आधिकारिक फेसबुकमा पोस्ट गरेकी थिइन् । हालसम्म उक्त भिडियो दश लाखले हेरिसकेका छन् । यही अवसरमा फेसबुकमा अग्रवालले लेखेकी छिन्,‘वर्षौ पहिला म नेपालमा बुहारी बनेर आउँदा मनमा डर र वेचैनी थियो । तर समय बित्दै गएपछि मैले यहाँ आफ्नो घर बसालें । केही दिनदेखि धेरैजनाले मलाई छोरी, दिदी र बहिनीको सम्बोधन गर्दै मेसेज गर्नुभएको छ । दुईवटै देशलाई आफ्नो घर भन्न पाउँदा निकै आभारी छु ।’ भारतले आफूलाई जन्म, बाल्यकाल, परिवार र शिक्षा दियो भने नेपालले चिनारी र हिमालप्रतिको असंख्य माया दिएको उनले उल्लेख गरेकी छिन् । नेपालको मौसम, प्राकृतिक सम्पदा, वनस्पती तथा जीव, धार्मिक सम्पदाको बारेमा उनले खुलेर प्रशंसा गरेसँगै यस्तो वातावरणमा टिक्न नसक्ने हो भने नेपाल नआउनुस् भन्ने मिठो व्यंग्य छोडेकी छिन् ।उक्त भिडियो यहाँ हेर्न सक्नुहुनेछ । https://www.facebook.com/watch/?v=645102966178162
प्रतिक्रिया