अदालतले ८ महिनादेखि खोज्दा पनि भेटेन विजय मिश्रको घर

७० करोड घुसको मुद्दा टुंग्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग उक्त प्रकरणका मुख्य आरोपित गोकुल बास्कोटा बसेको घरमै पुगेर बयान लियो । राज्यको अर्को अंग न्यायालय, सोही प्रकरणमा आरोपित बनेका विजयप्रकाश मिश्रलाई खोजेको खोज्यै छ । ८ महिना भयो, अहिलेसम्म उनको घर समेत फेला पार्न सकेको छैन । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्की भन्छन्, ‘पटक म्याद तामेल गर्न पठाउँदा बेपत्ते भनेर फर्किएको छ, अहिलेसम्म घर फेला पर्न सकेको छैन ।’ मिश्रलाई खोज्न जिल्ला अदालत काठमाडौ लमजुङसम्म धाइरहेको छ । तर मिश्रको घर फेला पर्न सकिरहेको छैन । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ‘७० करोड घुस’ बार्गेनिङ अडियो नक्कली भएको र आफ्नो मानहानी भएको दावी गर्दै बास्कोटाले अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गत १६ फागुनमा गालीबेइज्जती मुद्दा दर्ता गराएका थिए । बास्कोटाले अदालतमा मुद्धा दर्ता गराउँदा मिश्रको स्थायी घर लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर ७ भनिएको छ । जहाँ अदालतले पहिलो पटक गत १८ साउनमा म्याद तामेल गर्न पठाएको थियो । तर घर फेला परेन । त्यसपछि पनि मिश्रको घर खोज्न अदालतले पटक पटक टोली खटायो । घर नभेटिएपछि ‘बेपत्ते म्याद तामेल’ गरेर तामेलदार अदालत फर्किएका छन् । त्यस्तै बास्कोटाले खुलाएको मिश्रको अर्को ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर ८ (टोखा) हो । अदालतले त्यहाँ पनि म्याद तामेल गर्न गत १५ असोजमा कर्मचारी खटाएको थियो । तर म्याद तामेल गर्न गएका कर्मचारीले मिश्रको घर फेला पारेनन् । मिश्रको नाममा सार्वजनिक सूचना निकाल्ने तयारीघर फेला नपरेपछि जिल्ला अदालत काठमाडौले मिश्रको नाममा सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले पटक/पटक म्याद तामेल गर्न पठाउँदा बेपत्ते भनेर फर्किएकाले अब मिश्रको नाममा पत्रिकामा सूचना प्रकाशित हुने बताए । यसरी सूचना प्रकाशित भएको ३५ दिनभित्र मिश्र अदालतमा उपस्थित हुनुपर्छ ।
ताजा अपडेट
-
विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग अर्थमन्त्रीको भेट
-
नेप्सेमा एकल अंकको करेक्सन, यी कम्पनीको भयो सर्वाधिक कारोबार
-
सिकलसेलका बिरामीको निःशुल्क बीमा हुँदै
-
गर्मी बढेसँगै वाग्मतीको दुर्गन्ध बढ्यो
-
अस्थिर वामदेव : ओलीलाई शक्तिशाली बनाए, प्रचण्ड–माधवलाई उक्साए
प्रतिक्रिया