NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

कोरोनाबारे स्वास्थ्य मन्त्रालयले नियमित प्रेस बिफ्रिङ पनि नगर्ने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)बारे अबदेखि नियमित रुपमा प्रेस व्रिफिङ नगर्ने भएको छ । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्दा स्वास्थ्य मन्त्रालयले पछिल्लो केही महिनायता दिनहुँ स्वास्थ्य अवस्थाको अपडेट गर्दै आएको थियो । तर, अबदेखि भने आइतबार र बुधबार मात्रै प्रेस बिफ्रिङ हुने जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए । अन्य प्रत्येक दिन दिउसो साढे चार बजे स्वास्थ्य मन्त्रालयको वेभसाइट, भाइवर, फेसबुक, ट्वीटर, हाम्रो स्वास्थ्य एपमा हुनेछ । पछिल्लो २४ घण्टामा ११ को मृत्यु पछिल्लो २४ घण्टामा देशभर एक हजार ९ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित बिफ्रिङ गर्दै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ संक्रमित थपिएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । ८ हजार दुई ४८ को परीक्षण गर्दा यति संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा अहिलेसम्मको संक्रमितको संख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । यस मध्ये सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ सय ४३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ९ सय ८१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिले एक जना पनि संक्रमित नभएको जिल्लामा मनाङ रहेको छ ।