पूर्व राज्यमन्त्री रायसहित १० जुवाडे स्वयम्भुबाट पक्राउ
काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जुवाडे स्वयम्भुबाट पक्राउ परेका छन् । स्वयम्भुको विजेश्वरी फेमली क्वार्टरस्थित साहिली तामाङको घरबाट प्रहरीले शनिबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट एक लाख ५३ हजार रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनीहरुबाट सात बुक तास पनि प्रहरीले बरामद गरेको छ । उनीहरु म्यारिज खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनीहरुमाथि जुवा मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गर्ने तयारी गरेको छ । विवादास्पद पृष्ठभुमीका नेता राय २०६८ सालमा राज्यमन्त्री हुँदा नै सुन्धाराको डान्सबारमा गएकोमा बिल नतिरी हिडेका थिए । त्यतीबेला उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको थियो
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया