सप्तरीमा प्रहरी नायब निरीक्षक र ३ जना ५० हजार घुससहित रंगेहात पक्राउ
सप्तरी । सप्तरीको इलाका प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको छ । जफत गरि चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । कानुले सेवाग्राहीबाट पचास हजार घुस लिई उक्त रकम सोही कार्यालयमा कार्यरत प्रहरी जवान रामईश्वर मण्डलमार्फत स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएका थिए । अख्तियारले कानु सहित प्रहरी जवान मण्डल र स्थानीय व्यापारी यादवलाई समेत पक्राउ गरेको छ । उनीहरु तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका वडा नं १, बेल्ही सप्तरीबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।
ताजा अपडेट
-
नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
प्रतिक्रिया