NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

संसारकै शक्तिशाली अमेरिकी राष्ट्रपतिको कति हुन्छ तलब र सुविधा ?

अमेरिकाको राष्ट्रपतिको पद विश्वकै सर्वोच्च पद मानिन्छ । यो पद हासिल गर्ने व्यक्तिले अमेरिकाको संविधानमा उल्लेख भए बमोजिम विभिन्न सुविधा प्राप्त गर्छन् । अमेरिकी कानुनमा उल्लेख भए अनुसार अमेरिकी राष्ट्रपतिकोे वार्षिक तलव चार लाख डलर हुन्छ । त्यसका साथै एउटा आवास, २४ सै घण्टा स्टाफको व्यवस्था, व्यक्तिगत प्लेन तथा हेलिकप्टरको सुविधा प्राप्त हुन्छ भने सवारीका लागि विश्वकै सबैभन्दा सुरक्षित ‘लिमोजिन’ कारको व्यवस्था हुन्छ । यसबाहेक, राष्ट्रपतिलाई विभिन्न १७ वटा शीर्षकमा भत्ता प्राप्त हुन्छ । जसमा खाना, खाजासहितको पचास हजार डलर बराबरको वार्षिक व्यय भत्ता, एक लाख डलर बराबरको कररहित ट्राभल भत्ता, १९ हजार डलरको मनोरञ्जन भत्ता सामेल हुन्छ । अमेरिकी राष्ट्रपतिलाई ह्वाइट हाउसमा आवासको समेत व्यवस्था हुन्छ । जम्मा छ तल्ले ह्वाईट हाउसमा एक सय ५ वटा कोठा छन् । जहाँ एक टेनिस कोर्ट, एक बांलिङ्ग एली, एक पारिवारिक मुभी थिएटर, जगिङ्ग ट्रयाक, स्वीमिङ्ग पुल लगायतका सुविधा रहेको छ । घरको मर्मतसंहारका लागि वार्षिक एक लाख अमेरिकी डलर भत्ता प्राप्त हुन्छ ।त्यस्तै, राष्ट्रपतिको अतिथिका लागि व्लेयर हाउसको समेत व्यवस्था हुन्छ । अमेरिकी राष्ट्रपतिलाई सेक्युरिटीको व्यवस्था, निशुल्क स्वास्थ्य सेवा, हेल्थ इन्स्योरेन्सको समेत व्यवस्था हुन्छ । साथै, राष्ट्रपति तथा उनको परिवारलाई २४ अ‍ैं घण्टा कडा सुरक्षा प्रदान गरिएको हुन्छ । अमेरिकी राष्ट्रपतिलाई छुट्टी भने हुँदैन । यसको सट्टा उनीहरुलाई दृश्यावलोकन गर्ने अवसर प्राप्त हुन्छ । सेवानिवृत भएपछि अमेरिकी राष्ट्रपतिलाई वर्षैभरी पेन्सनको समेत व्यवस्था हुन्छ । सेवा निवृत भएपछि अमेरिकी राष्ट्रपतिलाई वार्षिक दुई लाख अमेरिकी डलर प्राप्त हुनुका साथै स्टाफसहित एउटा अफिसको व्यवस्था हुन्छ । यसबाहेक, पूर्व राष्ट्रपतिको विधवालाई वार्षिक एक लाख अमेरिकी डलर भत्ता प्राप्त हुन्छ । एजेन्सीकाे सहयाेगमा । याे पनि पढ्नुस् कति तलब थाप्छन् संसारका शक्तिशाली देशका राष्ट्रप्रमुख र सरकार प्रमुख ?