६ दिनमा कोरोनाबाट दुई दाजुभाईको मृत्यु

मोरङ । कोरोना भाइरस संक्रमित मोरङको केराबारी गाउँपालिका–३ को एउटै परिवारका दाजु–भाइको छ दिनको अन्तरमा मृत्यु भएको छ। कोरोना संक्रमित ५७ वर्षीय भाइको मृत्यु भएको छ दिन बित्न नपाउँदै ५९ वर्षीय दाजुको पनि ज्यान गएको हो। संक्रमणपछि उपचाररत दाजुको मृत्यु मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार भयो। भाइको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १८ गते मृत्यु भएको थियो। भाइको मृत्युसँगै शोकमा रहेको परिवारमा दाजुको पनि मृत्युको बज्रपात पर्यो। एकै पटक मृत्युको दोहोरो शोकमा परेको परिवार अहिले दुवै जनाको काजकिरियामा छ। भाइलाई कात्तिक ५ गते कोरोना पुष्टि भएपछि उपचारका लागि धरान लगिएको थियो। उपचारकै क्रममा १३ दिनपछि उनको कात्तिक १८ गते मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए। मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ। उनी केराबारीको एउटा विद्यालयका शिक्षक हुन्। गाउँपालिका अध्यक्ष रोहित कार्कीका अनुसार उनी शिक्षक महासंघ केराबारीका अध्यक्ष र पालिका स्तरीय कोभिड–१९ नियन्त्रण समितिका सदस्य थिए। भाइलाई संक्रमण पुष्टि भएको दुई दिनपछि कात्तिक ७ गते दाजुको पनि पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्यमा समस्या थपिँदै गएपछि दसैंको टीकाको दिन अर्थात कात्तिक १० गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। सुरुमा उनलाई बीपी प्रतिष्ठान लगियो । पूरा समाचार अन्नपूर्णपोस्टमा पढ्नुस् ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया