NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गृह मन्त्रालय भन्छ, तत्काल लकडाउन हुँदैन, उच्च सतर्कता अपनाएर बस्नुस्

काठमाडौँ । कोरोना भाइरस संक्रमण रोक्न सरकारले तत्काल लकडाउन गर्ने मनस्थिती नबनाएको प्रष्ट पारेको छ । उपत्यकाका स्थानीय तहका मेयरहरुले तिहार लगत्तै लकडाउन गर्न सिफारिस गरे लगत्तै मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले तत्काल लकडाउन गरिहाल्ने पक्षमा सरकार नभएको बताएका हुन् । ‘भर्खरै आर्थिक गतिविधी बढ्न थालेका छन्, स्वास्थ्यका हिसाबले पनि लकडाउन गरिहाल्नुपर्ने स्थिती देखिएको छैन,’ प्रवक्ता बुढाले भने, ‘मन्त्रालयले लक डाउन गर्नेगरि त्यस्तो केहि तयारी केही छैन ।’ मन्त्रालयले सुरक्षा सर्तकर्ता अपनाउँदै जानुपर्ने सोँच बनाएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि तत्काल लकडाउन गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । नेपालवाचसँग कुरा गर्दै मन्त्रिपरिषदको कार्यालयका एक सचिवले लकडाउन गरेर कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने सम्भाना करिब सकिएकाले लकडाउन नहुने बताए । आगामी दिनमा आउनसक्ने जोखिमलाई ध्यान दिएर स्वास्थ्य क्षमता बढाउन मन्त्रालयलाई निर्देशन दिएको भन्दै उनले तीन महिनापछि फेरि खोल्नुपर्ने गरि लकडाउन नहुने बताए । नीजि क्षेत्रको काम भर्खरै भइरहेको, फेरि लकडाउन गर्दा सरकारी ढुकुटीलाई पनि असर पार्ने निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषदको छ ।