NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० मंसिर १३ गते

ओलीले प्रचण्डसहितका पाँच नेतालाई लेखेको पत्रमा के छ ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताले गुटबन्दी गरेको आरोप लगाएका छन् । प्रचण्डसहितका पाँच नेताले सचिवालय बैठक बोलाउन माग गर्दै बुझाएको दुई पेज लामो लिखित पत्रको जवाफ दिँदै ओलीले पनि पत्र लेखेका हुन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई सम्बोधन र सचिवालयका अन्य चार नेता (झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ)लाई बोधार्थ दिई ओलीले लेखेको पत्रमा आफ्नाविरुद्ध घेराबन्दी र पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका छन् । ‘पार्टीको बैठकअघि नै विभिन्न ठाउँमा गुटको बैठक बस्ने, एजेन्डा बनाउने र त्यही एजेन्डा बोकेर पार्टीको आधिकारिक बैठकमा आउने अभ्यास भएको छ, त्यसले पार्टीको निर्णयलाई कमजोर बनाएको छ,’ ओलीको पत्रमा उल्लेख भएको सचिवालयका एक सदस्यले बताए । पत्रमा ओलीले प्रचण्ड र उनीसहितका सचिवालयका नेताहरूले गुटबन्दी तथा गलत प्रचार गरेको आरोप लगाएका छन् । ‘दुई अध्यक्षबीच भएका छलफलले तय गरेका एजेन्डामा मात्र बैठक बस्ने भन्ने सहमति हो, तर अन्यन्त्र एजेन्डा बनाएर आउने मात्र होइन, नेताहरूबीच भएका छलफललाई अन्यथा अर्थ लगाई प्रचार गर्ने गरिएको छ, त्यसले पार्टीलाई कमजोर बनाएको छ,’ सचिवालयका सदस्यले पत्र उद्धृत गर्दै भने, ‘बरु पार्टीमा कार्यकारी अध्यक्षसहित अन्य नेताहरूमाथि पनि आरोप छ, आरोपको प्रत्यारोप मात्र छ, तर पार्टी विवाद कसरी समाधान गर्ने भन्ने विषयमा कुनै एजेन्डा आएको छैन ।’ सचिवालयका ती सदस्यका अनुसार प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा अन्य नेतालाई बोधार्थ भएकाे नयाँ पत्रिकामा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष