NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

लुटपाट गरी फरार व्यक्ति १६ वर्षपछि पक्राउ

काठमाडौंको जडिबुटीबाट १६ वर्षअघि अपहरण शैलीमा लूटपाट गर्ने पक्राउ परेका छन् । काठमाडौंको जडिवुटीबाट नारायण खनाललाई अपहरण शैलीमा नियन्त्रणमा लिएर मुखमा टेप लगाइ बोल्न कराउन नसक्ने अवस्थामा पुर्याएर लूटपाट गरेका थिए । त्यतिबेला उनलाई जबरजस्ती भ्यानमा कोचेर एकान्तस्थानमा लगी उनको साथमा रहेको नगद, मोटरसाइकल र मोवाइल गरी जम्मा ११ लाख ६३ हजार ९ सय रुपैयाँ लुटपाट गरेका थिए । मकवानपुरस्थित हेटौडा उपमहानरपालिका ७ नागसोतीका ३९ वर्षीय जगन्नाथ ढकालसहित ११ जनाले खनालको सम्पत्ति लुटपाट गरेका थिए । सोही घटनामा ढकाल भने लुकिछिपी बस्दै आएका थिए । उनी विदेशमा बस्दै आएको र अहिले नेपाल आइ लुकिछिपी अवस्थामा रहेको बेला पक्राउ गरेको प्रहरी जनाएको छ । अपराध महाशाखाबाट खटिएको विशेष टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त टोलीले उनलाई सोमबार दिउँसो हेटौडा उपमहानगर ७ नागसोती पक्राउ गरेको हो । प्रहरीले ढकाललाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौं जिल्ला अदालत पठाइको छ । कसरी भएको थियो घटना ? ७ असोज ०६१ मा नारायण खनाल बनेपा मिटिङबाट बा १६ प ६८२१ नम्बरको मोटरसाईकलमा फर्कदै थिए । उनी जडिवुटीमा आईपुग्दा ५ जना व्यक्तिहरुले सुरक्षाकर्मी भएको भन्दै मोटरसाईकल रोकेका थिए । त्ससपछि उनीहरुले खनाललाई बोल्न कराउन नदिई मुखमा टेप लगाएर भ्यान भित्र राखे र एकान्तस्थानमा लगे । उनले आफ्नो ब्यागमा १० लाख २५ रुपैयाँ बोकेका थिए भने उनको मोवाइल र पल्सर मोटरसाईकलसमेत लुटपाट गरेका थिए । सो घटनाको अनुसन्धानको क्रममा ढकालसहित ११ जनाको संलग्नता रहेको भेटिएको थियो । त्यसपछि १३ फागुन ०६३ मा पाटन उच्च अदालतको आदेशमा थुनामा राख्ने आदेश भएको थियो । त्यसपछि उनी फरार रहेका थिए । पछि ०६४ साल भदौ ६ गतेको काठमाडौं जिल्ला अदालतको फैसलाले ढकाललाई ६ वर्ष कैद र १ लाख ९६ हजार ६५० रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।