NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

बलात्कार गरी खिचिएको भिडियो देखाउँदै ‘ब्ल्याकमेलिङ’ गर्ने पक्राउ

अश्लील भिडियो बनाइ व्ल्याकमेलिङ गरेको आरोपमा सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–४ का २० वर्षीय अजय महरा रहेका छन् । उनले २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाई ‘व्ल्याकमेलिङ’ गरेको आरोप छ । पीडित युवतीलाई सोही नगरपालिका–४ का २३ वर्षीय जीतन रामले जबरजस्ती करणी गरी भिडियो खिचेका थिए । भिडियो महराले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गरी पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अर्का अरोपित राम भने फरार रहेको र यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष