खुलामञ्चभन्दा यसरी फरक देखियाे निशुल्क खाना ख्वाउने नयाँ ठाउँ थापाथली [फाेटाेफिचर]

काठमाडौं । काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएको संस्थाहरुबीचको सहमतिअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीनजिकै खाना खुवाउन शुरु गरिएको छ । खुलामञ्चमा निःशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक खानाको व्यवस्था गरेको हो । निस्शुल्क भोजनका लागि आएकाहरुका अनुसार रत्नपार्क भन्दा प्रसुती तथा स्त्रीरोग अस्पतालको पछाडिको भाग सफा छ । हातधुने पानीको व्वस्था र फोहोर व्वस्थापनले गर्दा सहजता भएको उनीहरु बताउँछन् । विभिन्न संस्थाहरुको पहलमा दिनको तीनदेखि चारपटकसम्म निस् शुल्क खाना ख्वाउने गरिएको छ । बिहीवार दिउसो लायन्स क्लब अफ काठमाडौं न्यूग्रीन सिटीले खाना ख्वाएको थियो ।
प्रतिक्रिया