NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ओली–देउवा भेट : नेकपा नफुटी कसरी सत्ता साझेदारी !

काठमाडौं । नेकपामा आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला शनिबार प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफललाई सम्भावित सत्ता समीकरणसँग जोडेर हेरिएको छ । नेकपामा संघर्ष बढेर जाँदा पार्टी फुट्नसमेत सक्ने आकलनकाबीच यो भेटलाई यसरी व्याख्या गरिएको छ । तर, प्रधानमन्त्री निकटका नेता महासचिव विष्णु पौडेलले सत्ता साझेदारीबारे कुनै छलफल नभएको नेपालवाचसँगको कुराकानी बताएका छन् । ‘पार्टी एकतालाई सुदृढ गरेर लैजान प्रयास भइरहेका बेला यस्तो प्रस्ताव सोच्न पनि नसक्ने विषय हो, उनले भने, प्रधानमन्त्रीले प्रमुख विपक्षी दलका नेतालाई भेट्ने वित्तिकै सत्तासाझेदारीको प्रस्ताव गर्छ भन्नु अर्थहिन कुरा हो ।’ यता देउवा निकट स्रोतले पनि विश्वविद्यालयका पदाधिकारी र विभिन्न संवैधानिक पदबारे कुरा भए पनि सत्ता साझेदारीबारे कुनै कुरा नभएको बताएको छ । देउवा निकट स्रोतले नेकपा विभाजनका विषयमा कुनै ठोस प्रगति नभएको भन्दै सत्ता साझेदारीको विषय हल्ला मात्रै भएको बतायो । ‘नेकपा फुटेपछि सत्ता साझेदारीको विषय एउटा होला तर, अहिले नेकपा फुटेको छैन’ देउवा निकट स्रोतले भन्यो, ‘तर, नेकपा नफुटिकन कसरी सत्ता साझेदारी भयो भन्ने ? याे हल्ला अनुचित हो ।’ यस अघि पनि नेकपामा आन्तरिक संघर्ष उत्कर्षमा पुग्दा यसैगरी ओलीले देउवालाई बोलाएर छलफल गरेका थिए । यस अघि १७ असारमा ओल र देउवाबीच छलफल भएको थियो । छलफललाई सुरुमा देउवाले गोप्य राखे । तर, पार्टीभित्रैबाटै धेरै आलोचना हुन थालेपछि उनले पार्टीको बैठकमा आफूले ओलीसँग भेट भएको तर सत्ताबारे कुरा नभएको प्रष्ट्याएका थिए । यसपटक भने आलोचना हुने डरका कारण देउवाको सचिवालयले भेटलाई पुष्टि गरेको छ । पार्टीमा आफू अप्ठ्यारोमा पर्दा प्रचण्डसहितका विरोधी नेतालाई सन्देश र दबाब दिन पनि ओलीले यस अघि जस्तै यसपटक पनि देउवालाई बोलाएर भेटेको चर्चा छ ।

ताजा अपडेट

नेपालवाच विशेष