सालकको खपटासहित चाबहिलबाट दुई पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलबाट प्रतिबन्धित सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको बिशेष अनुसन्धान टोलीले काठमाडौंको स्वयम्भू बस्दै आएका काभ्रे महाभारत गाउँपालिका २ का २५ वर्षीय विनोद तामाङ र चाबहिल बस्दै आएका काभ्रे सल्लेभुल्बु गाउँपालिका ३ का ४७ वर्षीय लालसिंह तामाङलाई पक्राउ गरेको हो । अबैध खपटारुपमा बिक्री गर्न ल्याएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीको खानतलासीबाट काठमाडौं महानगर ७ चाबहिलस्थित शान्ति गोरेटो चोकबाट १ किलाे २५ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपटा बरामद भएकाे थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया