नेकपा विवाद : बालुवाटारमा रहेका ओलीलाई बालुवाटारमैं कुर्दै प्रचण्ड–नेपालसहितका नेता

काठमाडौं । प्रधानमन्त्री केपी ओली निर्धारित समयमै उपस्थित नभएपछि नेकपा सचिवालय बैठक अझै सुरु हुन सकेको छैन । बालुवाटारमैं रहेका प्रधानमन्त्री बालुवाटारमै बस्ने सचिवालयको बैठकका नआए पनि अन्य नेताहरु भने अगाडि नै आएर कुरिरहेका छन् । बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु पुगिसकेका छन् । सचिवालयको बैठक आज दिउसो १ बजे बालुवाटारमा बोलाइएको थियो । तर प्रधानमन्त्री ओलीको कार्यव्यस्थता कारण भन्दै एक घण्टा पछि २ बजेलाई सारिएको थियो । तर सो दोहोर्याएर तोकिएको निर्धारित समयावाधि सकिँदा समेत प्रधानमन्त्री बैठकमा नआएपछि सुरु हुन नसकेको हो । नेकपा अध्यक्षद्वयको प्रस्तावपछि आन्तरिक मतभेद चर्किँदै गएको छ । दुई पक्षबीच मंगलबारको बैठक समेत घम्साघम्सी परेको थियो।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया