कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । तनहुँका प्रमुख जिल्ला अधिकारीको आदेशमा कांग्रेस वरिष्ठ नेता पौडेल र कांग्रेसका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पक्राउ गरेकाे पाैडेलकाे सचिवालयले जनाएकाे छ । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ नेता पौडेलसंगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा वरिष्ठ नेता पौडेल तथा कार्यवाहक सभपाति आलेलाई नियन्त्रणमा लिएको र कांग्रेस कार्यकर्तामाथि अन्दाधुन्द लाठी प्रहार गरिएकाे पाैडेलकाे सचिवालयले जनाएकाे छ ।
ताजा अपडेट
-
नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ
-
बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी
-
हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
प्रतिक्रिया