NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मालपोत अधिकृतलाई ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध ७ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले राजस्व चुहावट एर्व हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै दर्जीसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोतका नायब सुब्बा मनोजकुमार निरौला र लेखापाल बलराम सापकोटाविरुद्ध अख्तियारले प्रतिवादी बनाएको छ । लेखा अधिकृत दर्जीले राजस्व वापत उठेको ७ करोड ८ लाख १७ हजार बैकमा जम्मा नगरी हिनामिना गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार लेखा अधिकृत दर्जिले अख्तियारको अनुसन्धान चलिरहेको अवस्थामा भएको आन्तरिक लेखा परिक्षणमा २ करोड ५८ लाख ३ हजार चाँहि जम्मा गरेका छन् । अझै पनि उनले ४ करोड ५० लाख १३ हजार रुपैया दाखिला नगरी हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ उनले यति ठूलो रकम बैंकमा दाखिला नगरी हिनामिना गरेका छन् । सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेको पनि भेटिएको आरोप पत्रमा जनाइएको छ । दाखिला भौचर बैंक दाखिलापश्चात सच्याई बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गरे गराएको देखिंएको छ । मालपोतका लेखा अधिकृत दर्जिविरुद्ध ४ करोड ५० लाख १३ हजार विगो कायम गर्दै उक्त रकम जफत गरी आठदेखि १० वर्षको कैद सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । लेखापाल सापकोटाले मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकममध्ये ५८ लाख ४३ हजार सम्बन्धित बैंक खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । लेखापाल सापकोटाविरुद्ध हिनामिना भएको राजस्व रकम असुलउपरका साथै ६ देखि ८ वर्षको कैद सजायको माग दाबी गरिएको छ । नायब सुब्बा निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये ४ लाख ७१ हजार लेखा शाखामा नबुझाई भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।नासु निरौलाविरुद्ध भ्रष्टाचार गरेको रकम असुलउपरसहित ६ महिनादेखि डेढ वर्षसम्मको सजायको मागदाबी गरिएको छ आर्थिक वर्ष २०७३र०७४ तथा २०७४र०७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । अन्रपूर्णपाेष्टबाट ।