NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

खुमलटारमा प्रचण्ड र ओलीबीच छलफल चल्दै गर्दा वामदेव पुगे

काठमाडौँ – प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा छलफल चल्दै गर्दा नेकपा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन्। सत्तारूढ नेकपाभित्र शक्ति संघर्ष चर्किरहेका बेला गौतमको उपस्थितिलाई पनि निकै महत्वका साथ हेरिएको छ । सरकारले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएसँगै नेकपाभित्र विवाद झन चर्किएको थियो । दुई अध्यक्षबीच छलफल चल्दै गर्दा उपाध्यक्ष गौतम पनि पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।