प्रचण्डपछि गृहमन्त्री बादललाई भेट्न पुल्चोक पुगे ओली

काठमाडौं । नेकपका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई र उपाध्यक्ष वामदेव गौतमलाई भेटेपछि प्रधानमन्त्री केपी ओली गृहमन्त्री रामबहादुर थापा‘बादल’लाई भेट्न पुगेका छन्। करिब डेढ घण्टाको छलफलपश्चात खुमलटारबाट बाहिरिएसँगै उनी गृहमन्त्री क्वाटर पुल्चोक पुगेका हुन् । बादलसँगको भेटमा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि रहेका छन् । उनीहरुबीच अहिले छलफलमा चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रतिक्रिया