ओलीविरुद्ध अविश्वास प्रस्स्ताव नलाँदाको परिणाम : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीविरुद अविश्वास प्रस्ताव अघि नबढाउँदा संसद विघटनसम्मको हर्कतमा ओली लागेको आरोप लगाएका छन् । सरकारमा बस्दा कुनै प्रभावकारी काम गर्न नसकेका ओलीले केही समय अघिदेखि नै लोकतन्त्र विरोधी काम गर्दा पनि नेकपा संसदीय दलले उनलाई अविश्वासको प्रस्ताव नलाँदा संसद विघटनसम्मको प्रयासमा लागेको बताएका हुन् । ‘समयमैं ओलीविरुद संसदीय दलमा अविश्वासको प्रस्ताव पेश गर्नुपथ्र्यो’ पौडेलले नेपालवाचसँग भने, ‘समयमा उनीविरुद्ध अविश्वासको प्रस्ताव अघि नबढ्दा यस्तो अवस्थासम्म आयो । ठूला ठालुहरु अपराध ढाक्ने र मुलुकलाई बर्बाद गर्न लागे ।
प्रतिक्रिया