ओली सरकार नांगियो प्रतिवाद गरौं : पौडेल

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले दुई तिहाइको सरकार नांगिएको भन्दै प्रतिवाद गर्न अपिल गरेका छन् । ओलीले जनमतको अपमान गर्दै संसद विघटनको प्रस्ताव गरेको भन्दै पौडेलले ओलीक्रेसीको प्रतिवाद गर्न आह्वान गरेका हुन्। ‘दुई तिहाइको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ। जनमतको योभन्दा ठूलो अपमान अर्कोे केही हुनै सक्दैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘स्थापना भएदेखि उदांगिएको ओली सरकार अब पूर्णतः नांगो भइसकेको छ। ओलीक्रेसीको प्रतिवाद गरौं, देशलाई थप संकटमा जानबाट रोकौं।’
प्रतिक्रिया