प्रधानमन्त्री ओलीको कदमले पार्टी एकतालाई असर गर्दैन: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको कदमले पार्टी एकतालाई कुनै असर नगर्ने बताएका छन् । प्रचण्डले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छाचारी कदमले पार्टी एकतालाई कुनै असर नगर्ने बताएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारका कार्यले हाम्रो पार्टी एकतालाई कुनै तात्विक असर गर्ने छैन ।’ साथै, जनताको त्याग र बलिदानले प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको प्रचण्डले बताएका छन् ।
ताजा अपडेट
-
भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित नियन्त्रणमा
-
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
-
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
-
हिमालयले आज जलवायुको सबैभन्दा ठूलो भार बोकेकाे छ : परराष्ट्रमन्त्री
-
संसदीय समितिबाट निजामती विधेयक पास, २ वर्ष कुलिङ पिरियड, उमेर हद ६० वर्ष
प्रतिक्रिया