NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

कांग्रेसको अग्रसरतामा बस्दै सर्वदलीय बैठक

काठमाडौं । विघटित संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको जानकारी नेता रमेश लेखकले दिए । ‘केपी ओलीले असंवैधानिक कदम चाली संसद विघटन गरेपछि हामीले अब कसरी जाने भन्नेमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हौं’ लेखकले नेपालवाचसँग भने, ‘बैठकमा नेकपाको प्रचण्ड–माधव नेपाल समूह र जसपाका तीन चार जना नेतालाई बोलाएका छौं ।’ बैठक दिउसो चार बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपमा बस्ने जानकारी उनले दिए । संसद विघटनलाई कांग्रेसले असंवैधानिक र संविधानमाथि आक्रमण भन्दै यसले राजनीतिक अस्थिरता निम्त्याउने प्रतिक्रिया दिएको छ । आइतबार नै कांग्रेस, नेकपा र जसपाले सामूहिक रुपमा ओलीको कदमको सामूहिक प्रतिवाद गर्ने घोषणा गरेका थिए । कांग्रेस संसदीय दलको कार्यालयमा अनौपचारिक छलफल गरेका उनीहरुले आज औपचारिक बैठक गरी संसद विघटनबारे सामूहिक धारणा बनाउन खोजेका हुन् ।