विवेकशील साझाको प्रदर्शनमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौँ । संसद विघटन विरुद्ध बालुवाटार घेराउ गर्न पुगेको विवेकशिल साझा पार्टीको प्रदर्शनमा सहभागी एक युवा पक्राउ परेका छन् । प्रहरीले उनलाई प्रतिवन्धित नेकपाको कार्यकर्ता भएको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति आजाद भनिने प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाको केन्द्रीय सदस्य रहेको प्रहरीले दावी गरेको छ । काठमाडौ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले एक युवा पक्राउ गरेको र उनीमाथि अनुसन्धान भइरहेको बताए । यस्तै विवेकशिल साझा पार्टीका नेताहरुले पनि पक्राउ परेका युवा आफ्नो कार्यकर्ता नभएको बताएको छ ।
प्रतिक्रिया