प्रधानमन्त्रीको कदम प्रतिगामी भएको गृहमन्त्री ‘बादल’ निकट नेताको भेलाको निष्कर्ष

काठमाडौं । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना निकट नेतासँग गरेको भेलामा प्रधानमन्त्रीले संसद विघटन गरेको कदमलाई प्रतिगामी भएको निष्कर्ष निकालेका छन् । गृहमन्त्री थापाले आफ्नो मन्त्री क्वाटरमा गरेको भेलाबाट प्रधानमन्त्रीको कदम गलत भएको निष्कर्ष आएको हो । त्यस्तै, गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार प्रचण्ड पनि बैठक सकिएपछि पुल्चोक पुगेका थिए । भट्टराईका अनुसार गृहमन्त्रीले आफू निकट नेताहरुसँग गरेको छलफलबाट आएको निष्कर्ष साँझसम्ममा सार्वजनिक गर्नेछन् । भेलामा पम्फा भुसाल, देव गुरुङ्गसँगै अन्य दुई दर्जन नेताहरु सहभागी थिए ।
ताजा अपडेट
-
तेस्रो एनडिसी कोप-२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण
-
भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित नियन्त्रणमा
-
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
-
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
-
हिमालयले आज जलवायुको सबैभन्दा ठूलो भार बोकेकाे छ : परराष्ट्रमन्त्री
प्रतिक्रिया