NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओली केही होइन भन्नेलाई चुनौती दिन खोजेको हुँ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई चारैतिरबाट घेराबन्दी गरिएपछि संसद विघटन गर्नुपरेको बताएका छन् । संसद विघटनको भोलिपल्ट सोमबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले आफू केही होइन भन्नेलाई जनमत लिएर आउँन पनि चुनौती दिए । ‘निर्वाचन घोषणले पार्टी एकतालाई थप बलियो बनाउने अपेक्षा मैंले गरेको छु’ ओलीले भने, ‘पार्टी एकता हुनुमा, पार्टी पहिलो हुनुमा, पार्टीले विशाल जनसर्मथन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्ने अवसर यो चुनावले दिनेछ ।’

ताजा अपडेट

नेपालवाच विशेष