NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्ड–नेपालका ११४ सांसद्को निर्णय : प्रधानमन्त्रीको कदमविरुद्ध डटेर लाग्ने, ८ पुसमा संसदीय दलको बैठक

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरुको भेला सकिएको छ । बैठकमा सहभागी एक सांसद्का अनुसार आगामी ८ गते दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । आज बैठकमा सहभागी सांसद्हरूले हस्ताक्षर गर्दै सहभागी भएका थिए । छलफलमा प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ गरी एक सय १४ जना सांसद् सहभागी थिए ।आजको छलफलमा अध्यक्ष प्रचण्डले प्रधिनिधि सभा जिवितै रहेकाले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्न निर्देशन दिएका छन् । एक सांसद् भने, ‘संविधानले परिकल्पना नै नगरेको कुरा गरेर संसद् विघटन गरेको भनेर हल्ला फिजाइरहेका छन्, संविधानअनुसार प्रतिनिधिसभा जिवितै छ । तपाईंहरू प्रधानमन्त्रीको गैरसंवैधानिक कदमविरुद्ध डटेर लाग्नुस् ।’ बैठकमा वरिष्ठ नेता नेपालले पनि प्रधानमन्त्री ओलीले इतिहासमै सबैभन्दा ठूलो घात गरेको बताए । उनले पनि सरकारको प्रतिगामी कदमविरुद्ध उत्रिन निर्देशन दिए ।

ताजा अपडेट

नेपालवाच विशेष